मकवानपुरमा कोरोना संक्रमितको मृत्यु

RSS
84
Shares

काठमाडौं । मकवानपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गए राति हेटौँडा अस्पतालमा एक संक्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ ।

अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे मृत्यु भएको हेटौँडा अस्पतालमा प्रमुख डा प्रवीन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै मकवानपुरमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३४ पुगेको छ भने संक्रमण बढ्दो छ । मकवानपुरमा आइतवारमात्रै २११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?