आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश हुँदै

लोकपथ
98
Shares

बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुँदैछ ।

अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री विरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

यसअघि नेकपा(माओवादी केन्द्र)का दुई मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका ४ जना सांसदहरुलाई नै मन्त्री बनाएर सरकार पुर्नगठन गरेका थिए । जसपाले ति सांसदहरुलाई कारबाही गरिसकेको छ ।

लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) का ४१, नेकपा(माओवादी केन्द्र)का २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?