शल्यक्रियाका लागि पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पेटको न्युरो( इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका छन् ।

बिहीवार दिउँसो डा. भट्टराई अस्पताल भर्ना भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

त्यस्तै केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कोरोना महामारीको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?