अस्पतालको कोभिड वार्डमा भेटिए सम्पर्कविहीन राष्ट्रिय जनमोर्चाका सांसद

लोकपथ
15.4k
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको छलफलका क्रममा अनुपस्थित भएर सम्पर्कविहिन भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् ।

उनी पृथ्वीचोक स्थिति चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् । उनी बुधबार बिहान अस्पताल भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल भर्ना भएको भएपनि मंगलबार गरिएको पिसिआर परिक्षणमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यक्रम थियो ।
राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको भएपनि सांसद सम्पर्कविहिन भएपछि अविश्वासको प्रस्ताव माथिको मतदान रोकिएको छ ।

शाही सम्पर्कविहिन भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सांसद सम्पर्कविहिन भएको भन्दै सदनको कारबाही रोक्न र हराएका सांसदलाई सार्वजनिक गरी जीवनर रक्षा गर्न माग गरेकि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?