वाग्मती प्रदेशसभामा बैठक फेरि स्थगित, जवाफ माग्दै माओवादीले गर्‍यो अवरोध

लोकपथ
0
Shares

काठमाडौं – वाग्मती प्रदेशसभामा बैठक फेरि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अवरोधपछि बैठक स्थगित भएको हो।

प्रदेश सरकारले कार्यविधि, मापदण्ड र पूर्वाधारबिना नै विद्युतीय बस खरिद गर्नुअघि नै चार्जिङ सेन्टर लगायतका विषयमा प्रकृया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा उचित जवाफ माग गर्दै नेकपा माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गरेपछि आज बिहीवार बसेको बैठक स्थगित भएको हो ।

सांसदहरुले सरकारलाई रचनात्मक सुझाव दिँदा पनि निरंकुश ढंगबाट चल्न खोजेको आरोप समेत लगाएका छन् ।

नेपाली कांग्रेसका सांसदले पनि नेकपा माओवादी केन्द्रलाई समर्थन दिँदै सरकारको विरोध गरेका थिए । यसैबीच सभामुख सानुकुमार श्रेष्ठले विरोधमा उत्रिएका सांसदलाई बस्न अनुरोध गरेका थिए । तर सांसदहरुले अवरोध कायमै राखेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?