काठमाडौं । मकवानपुरबाट २३ केजी अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ सुकुम्बासीटोलबाट करिब २३ केजी अवैध लागूऔषध गाँजा सहित ३ जनालाई आज (बुधवार) बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका १ बस्ने ४० वर्षीय चतुरमान मोक्तान, ४७ वर्षीया माया तामाङ र ४७ वर्षीया निर्मला तामाङ रहेका छन् ।
मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ह ९०९९ नम्बरको अटोलाई अस्थायी प्रहरी पोष्ट थानाभर्यााङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ वटा कपडाको भिर्ने झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी अटो चालक चतुरमान, अटोमा सवार माया र निर्मलालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया