पूर्वराजा ज्ञानेन्द्र शाहले दिल्लीमा वरिष्ठ व्यक्तिसँग विशेष भेटघाट गर्ने

लोकपथ
0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर दिल्ली फर्किएका छन् । तर पूर्वराजा दम्पतीको दिल्लीको बसाई कति दिनको हुन्छ, त्यसको यकिन भने भएको छैन।

तथापि हरिद्वारको कुम्भ मेलामा प्रमुख अतिथिको रुपमा सहभागी भएपछि २०७८ वैशाख १ गते नव वर्षबाट शुरु हुने पूर्वराजा ज्ञानेन्द्रको दिल्लीको यात्रा र विशेष भेटघाट स्पष्ट रुपमा राजनीतिक हुने नयाँ दिल्लीस्थित कूटनीतिक क्षेत्रले उल्लेख गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्रको भारत सरकारका वरिष्ठ मन्त्री तथा बीजेपीका नेताहरुसँग २०६३ साल वैशाख ११ गते भएको आफू तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहका प्रतिनिधिकाबीचमा भएको १२ बुँदे सहमतिअनुसार काम नभएको भन्ने प्रमुख गुनासो रहँदै आएको छ ।

यही एजेन्डामा केन्द्रित भएर आफ्नो कुरा राख्ने पूर्वराजा ज्ञानेन्द्रको दिल्ली भ्रमणको कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?