फरार प्रतिवादी कार्की ब्राउनसुगरसहित पक्राउ

उदयपुर । ब्राउनसुगर मुद्दाका फरार प्रतिदाबी पक्राउ परेका छन् ।

उदयपुर त्रियुगा नगरपालिका-११ का ३० वर्षीय गोकर्ण कार्की लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।

आइतवार (आज) दिउँसो साढे १० बजे विशेष सूचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउनसुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजिटल मेसिन थान १, विभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गत माघ १६ गते देखी कार्की ब्राउन सुगर बिक्री वितरण मुद्धाको फरार प्रतिवादी समेत रहेको सो कार्यालयले जनाएको छ ।

उनलाई पक्राउ गरी त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?