काठमाडौं । काठमाडौं महानगरपालिका-२७ स्थित एक गेस्ट हाउसमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
गोंगबुको नयाँ बसपार्क नजिक गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्री मृत अवस्थामा फेला परेका हुन् ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ । मृतक बसेको कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ ।
यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया