७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

काठमाडौं । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सो अभियोगमा गोठाटारस्थित होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई हिजो बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?