रोलिगं नेक्ससले ल्यायो ‘आईपिएल प्रेडिक्ट एण्ड विन’ योजना

काठमाडौं । रोलिगं नेक्ससले क्रिकेटको लोकप्रियतालाई मध्यनजर गर्दै आईपिएलका खेलको प्रेडिक्ट एण्ड विन योजना ल्याएको छ । सो योजना मार्फत् २५ हजार रुपैंयासम्म जित्न सकिने रोलिगं नेक्ससले जनाएको छ ।

२५ हजार रुपैंयासम्म जित्न सकिने प्रेडिक्ट एण्ड विन योजना शुक्रवारबाट भारतमा शुरु हुनलागेको आइपिएल (इण्डियन प्रिमियर लिग) खेलका दौरान लागु हुने रोलिगं नेक्ससले बताएको छ । आईपिएल सिजनको पहिलो विजेताले १२ हजार रुपैयाँ नगद र गिफ्ट हृयाम्पर पाउने छ भने क्रमशः दोस्रोले ५ हजार तथा तेस्रोले ३ हजार र उपहारहरु पाउनेछन् ।

रोलिगं नेक्सस डट कम लगइन गरि अथवा मोवाइल एप डाउनलोड गरि आफ्नो प्रोफाइल बनाइ प्रेडिक्ट एण्ड विन योजनामा सामेल हुन सकिने रोलिगं नेक्ससका एचआर म्यानेजर रंजित थापाले जानकारी दिए । नेपाली खेलप्रेमी युवामाझ क्रिकेटको लोकप्रिययता बढीरहेको देखेर उनीहरुलाई लक्षित गर्दै यस्तो योजना शुरु गरेको थापाले जानकारी दिए ।

चार वटा सिद्धान्तहरु रोजगारी, उधमशीलता , सशक्तिकरण र संलग्नतामा आधारित रहेर सञ्चालनमा आएको रोलिगं नेक्ससले आफ्नो चौथो सिद्धान्त संलग्नतालाई बढाउन युवाहरुमाझ प्रेडिक्ट एण्ड विन योजना ल्याएको हो ।

व्यावसायिक सामाजिक संजालको रुपमा रहेको नेक्ससले आफ्नो मूल उदेश्य रोजगारी सृजना स्वरोजगारी र उधमशिलताको प्रवर्द्धन बाहेक मनोरन्जनसामग्री पस्कने गरेको नेक्ससको दाबी छ ।

गत वर्षको आइपिएल २०२० मा पनि बढी खेलप्रेमीले सहभागिता जनाई सफल भएको थापा बताउछन् । यसका सुविधाहरु म्याच भन्दा १२ घण्टा अगाडी प्रेडिक्ट गर्न पाइने म्याचको बारेमा साथिभाईसँग मेसेज बाट कुरा गर्न मिल्ने आफ्नो र्‍यकिंग हेर्न मिल्ने जस्ता कुरा समेटिएका कम्पनीले जनाएको छ ।

प्रतियोगिताको मुल प्रायोजक अर्थारोजगार डट कम रहेको छ भने कामना सेवा बिकास बैंक र गरिन चिल्ली रेस्टुरेन्ट यसका प्रायोजक रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?