तरुण दल बैतडीका अध्यक्ष परस्त्रीसँग भेटिए

धनगढी । नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन् ।

अध्यक्ष भट्ट मेलौलीको सलेनामा शंकास्पद अवस्थामा भेटिएका हुन् ।

मेलौली नगरपालिका २ को सलेनाबाट महिलासहित भट्टलाई एउटै कोठामा संकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिएको बैतडी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरिक्षक नारायण प्रसाद अधिकारीका अनुसार दोगडाकेदार ७ घर भएका भट्ट कांग्रेस निकटकै महिला नेतासँग शंकास्पद अवस्थामा एउटै कोठाबाट नियन्त्रणमा लिएको र सोधपुछ भइरहेको जानकारी दिए ।

“एउटै कोठाबाट सुतेको अवस्थामा नियन्त्रणमा लिएका हौ, डिएसपी अधिकारीले भने, दुबैजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?