पत्रकार महासंघ निर्वाचन : भीम रावलको गृहजिल्लामा युनियन विजयी

धनगढी- नेकपा एमाले (खनाल नेपाल) पक्षका सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भिम रावलको गृहजिल्ला अछाममा एमाले निकट प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धनले हार बेहोर्नु परेको छ।

चौतारी र सेन्टरको गठबन्धनलाई हराउँदै नेपाल पत्रकार महासंघ अछाम शाखामा कांग्रेस निकट प्रेस युनियनले विजय हासील गरेको हो ।

अछाममा कांग्रेस निकट युनियन एकलरुपमा महासंघको निर्वाचनमा होमिएको थियो ।

विगत देखिनै प्रेस चौतारीको पकड मानिएको अछाममा युनियनका तर्फबाट अध्यक्षका उमेदवार रहेका खम्मसिंह खत्री विजयी भएका छन् ।
दुई सदस्यबाहेक अरु सबै खत्री नेतृत्वको प्यानलै विजयी भएको हो ।

उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् ।

यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् ।

सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?