काठमाडौं । बागमती प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।
बिहीवार बसेको प्रदेश सभाको बैठकपश्चात सभामुख सानुकुमार श्रेष्ठले आगामी बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।
त्यस्तै सभामुख श्रेष्ठले आजको कारवाही प्रारम्भ गर्दै शून्य समयमा कुनैपनि कार्यक्रम नरहेको जानकारी गराएका थिए ।
यसैगरी बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद ईन्द्र बाँनियाले सरकारले ल्याउन लागेको ईलेक्ट्रिक बस अहिलेको समयमा उचित नभएको भन्दै आपत्ति जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया