नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा सुन्दर कुमार निर्वाचित

मुस्ताङ । नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा सुन्दर कुमार थकाली निर्वाचित भएका छन् । बुधवार भएको निर्वाचनमा थकालीले १४ मत पाएर निर्वाचित भएका हुन् । उनी संयुक्त प्यानलबाट उमेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्दी सुनदेवी रसाइलीले १२ मत ल्याएर पराजित भएकी छिन् ।

त्यसैगरी उपाध्यक्षमा दुर्गादेवी रसाइलीले १४ मत पाएर निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्दी आइतेलाल थकालीले ११ मत पाएका थिए । महिला तर्फको उपाध्यक्षमा तिष्णा गौचनले १४ मत पाएर विजयी भएकी छिन् । प्रतिद्वन्दी सम्झना थकालीले ११ मत पाएकी थिइन् ।

त्यसैगरी सचिवमा सुशिलबाबु थकाली (१४), सहसचिवमा समावेशी आदित्य रसाईली (१४), सहसचिवमा सरस्वती ल्वागुन (१४) ,कोषाध्यक्षमा फुलकुमारी नेपाली (१४) र केन्द्रीय परिषद् सदस्यमा चन्द्रश्वर बास्ताकोटी (१५) मत ल्याएर निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघ मुस्ताङमा कूल २८ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?