काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।
विमानस्थलको भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन र करिब ४९.५५ ग्राम सुनको बाला १ थान सहित धनुषाका ३४ वर्षीय प्रकाश महरालाई हिजो (मंगलवार) राति प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुबई एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अराईभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको सुन र बालासहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया