कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

काठमाडौं । नेपाली कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुदजरमाई नगरपालिका ५ का १४ वर्षीय बालक रहेका छन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले दीपाश्री निरौला लगायत अन्य कलाकारको फेसबुक ह्याक गरेर रकम मागेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

हिजो (सोमवार) जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरिएको हो । विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंको अनुमति लिएर १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?