काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी पाटेबाघलाई चिडियाखानामा राखिएको छ । बाघलाई आज (मंगलवार) बिहान ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो ।
सो बाघलाई आज बिहान काठमाडौं ल्याइएको थियो । आइतवार साँझ प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्ज भित्र पर्ने गैँडा मचान क्षेत्रबाट बाघलाई नियन्त्रणमा लिएको थियो ।
सो बाघले आक्रमण गर्दा गैँडा गणना गर्न गएको हात्तीका माहुते पुलिसराम चौधरीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया