काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले छात्रवृत्ति आवेदन फाराम खुल्ला गरेको छ ।
सीटीईभीटीले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्राका लागि छात्रवृत्ति आवेदन फाराम खुला गरेको सूचना गोरखा पत्रमा प्रकाशित गरको छ ।
८० जना छात्र र छात्रालाई प्रिडिप्लोमा तह ,४ सय ८० जनालाई डिप्लोमा प्रमाणपत्र तह अध्ययनका लागि सीटीईभीटीले विशेष प्रविधिक शिक्षा छात्रवृत्ति दिने छ।
आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा व्यवस्था भएबमोजिम प्रादेशिक सन्तुलन कायम हुने गरी संस्थागत पहुँच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिने गरी छात्रवृत्ति खुलाएको परिषद्ले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया