काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलले केयरगिभरमा नेपाली कामदारहरूको कोटा नबढाएको बताएको छ ।
इजरायलसँग पहिलो चरणमा पाँच सय कामदार लैजाने गरी इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो । तर पछि पाँचसय कोटा थप गरि कुल एक हजार नेपाली कामदार लैजाने विभागले बताएको थियो ।
कोटा थप भनि आएको इमेल आएको थियो र सो इमेल प्राविधीक त्रुटीका कारण नेपाललाई आएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार इजरायलले अर्कै देशलाई पठाएको इमेल भूलवस् नेपाललाई आउँदा सूचना गलत प्रवाह हुन गएको बताएको छ ।
इजरायलले पनि गतल इमेलको खण्डन गर्दै अर्को इमेल पठाएको विभागले जनाएको छ जनाएको छ । इजरायल र नेपालबीच गत माघमा ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया