कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज (आइतवार) नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दैछ ।

समसामयिक विषयमा छलफलका लागि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

यसअघि गत चैत ४ गते एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गरेको थियो । तर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी समेत भएको थिएन ।

आजको बैठकमा नेपाल पक्षका सांसदहरु समेत सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?