काठमाडौं । गत शुक्रवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै विपक्षी दलहरु नयाँ सत्ता समीकरणका लागि छलफलमा जुटेका छन्।
कांग्रेसको शुक्रवारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय समेत गरेको थियो । नेकपा माओवादी केन्द्रले ओली सरकारको वारे आफ्ना धारणा स्पष्ट गर्न आग्रह गरेपछि कांग्रेस दवावमा परेको थियो ।
माओवादीले ओली सरकारको निरन्तरता,या परिवर्तन वा निर्वाचनमा जाने भन्ने विषयमा तत्काल स्पष्ट धारणा दिन आग्रह गरेको थियो । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) मिलेमा ओलीको विकल्पमा सरकार बन्न सक्छ ।
गत फागुन २३ को सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइ दिएको थियो । सर्वोच्चकै फैसलापछि प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत छैन । त्यसकारण दलहरु सत्ता फेरबदलका समीकरण बनाउन लागेका हुन् । प्रधानमन्त्री ओली पनि कसरी हुन्छ आफ्नो सत्ता जोगाउने दाउमा छन भने,विपक्षी दलहरु ओलीलाई सत्ताबाट ओराल्न खोजिरहेका छन् । त्यसमा पनि माओवादी जतिसक्दो चाँडो ओलीलाइ सत्ताबाट हटाउने योजनामा छ । कांग्रेसको निर्णयबाट हौसिएको माओवादीले आज स्थायी कमिटीको बैठक समेत स्थगित गरेर जसपासँग वार्ता गर्दैछ । माओवादीले ओलीलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । कांग्रेसले पनि जसपासंग गोप्य रुपमा वार्ता गर्न लागेको बुझिएको छ ।
कांग्रेसले निर्णय नगर्दासम्म बिपक्षी तीनवटै दल एक अर्काको निर्णय पर्खेर बसेका थिए । कांग्रेसले निर्णय गरेसँगै माओवादी र जसपालाई सत्ता समीकरणका लागि छलफलको बाटो खुलेको छ । उता प्रधानमन्त्री ओलीले पनि जसपाको एउटा समूहसँग सत्ता साझेरदारका लागि छलफल अघि बढाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया