अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौं । बलिउडका चर्चित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अभिनेता अक्षयले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले आफू चिकित्सकीय सहायतामा होम क्वारेन्टाइनमा रहेको बताएका छन् ।

यस्तै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि कोरोना जाँच गराउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

उनलाई आइतवार (आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?