काठमाडौं । नेकपा माओवादी केन्द्रको आज (आइतवार)का लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिन बैठक बस्न लागेको थियो ।
बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लोकपथलाई बताए ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेसँगै माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको थियो ।
माओवादीले कांग्रेससहित जनता समाजवादी पार्टीसँग सत्ता समिकरणका लागि वार्ता प्रयास जारी राखेको छ ।
नयाँ सरकार गठनका लागि जसपासँग वार्ताका लागि माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई खटाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया