काठमाडौं । बाँकेमा अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिका १२ चप्परगौडीस्थित न्यू सुदूर पश्चिम बाजुरा स्टाफ होटलबाट १२ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित २ जनालाई हिजो (बुधवार) साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रोल्पा सुनिलस्मृति गाउँपालिका ७ का २४ वर्षीय रुद्र बुढा र रुकुम(पूर्व) भुमे गाउँपालिका ७ का २१ वर्षीय रवि पुन रहेका छन् । उक्त होटलमा अवैध लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया