काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडुले भारतले नेपाललाई नै जानकारी नदिइकन एकतर्फी रुपमा तटबन्ध बनाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवारको प्रतिनिधि सभामा बोल्दै सांसद बडुले भारतले नेपाल सरकारलाई जानकारी नदिई तीन महिनादेखि तटबन्ध बनाइरहेकोले त्यो काम रोक्नुपर्ने बताएका छन् ।
‘नेपाल सरकारलाई जानकारीविनै भारतले एकतर्फी ढंगले तीन महिनादेखि तटबन्ध बनाइरहेको छ । हाम्रो जमिन समेटेर भारतले तटबन्ध बनायो।’ उनले भने ।
त्यस्तै त्यसबारे त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडियो) ले भारतीय पक्षलाई जानकारी गराएपनि नरोकिएकाले त्यसलाई सरकारी पक्षले नै रोक्नुपर्ने बताए ।
‘३५ हेक्टर जमिन भारततर्फ बगर छ। त्यो नेपालको जमिन हो। बाढीले खोलाको धार परिवर्तन गर्दा वन कार्यालय, जंगल र मन्दिर क्षेत्र भारततर्फ गएको छ,’ उनले भने । ‘पटकपटक गृह मन्त्रालयमा यसबारे ताकेता गरिएको छ। के तटबन्ध निर्माणमा मौन सहमति गरिएको छ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया