धुर्मुस सुन्तली फाउण्डेशनको कुर्सी अभियानमा जोडिने पहिलो कलेज बन्यो मेधावी

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले अपनाएको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ ।

काठमाडौंको शङ्खमूलमा रहेको सो कलेजले १ लाख रुपैयाँ सहयोग प्रदान गरी कुर्सीमा आफ्नो नाम सुरक्षित गर्ने पहिलो कलेज बनेको छ ।

कलेजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सहयोग गरी रङ्गशाला निर्माण अभियानमा जोडिएकोमा मेधावी कलेज परिवारलाई धन्यवाद ज्ञापन गरेको छ ।

फाउण्डेशनले कुर्सी अभियानमार्फत जोडिन चाहनेले ३० हजार कुर्सीमा आफ्नो नाम लेख्न सक्ने बताएको छ । फाउण्डेशनले भनेको छ, ‘कुर्सी अब आफ्नै नाममा, पितृको नाममा, आमा समूहको नाममा, महिला समूहको नाममा, टोल विकास संस्थाको नाममा, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाको नाममा, उद्योग, विद्यालय, क्याम्पसलगायत विभिन्न साथी समूहको नाममा समेत सुरक्षित गर्न सकिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?