काठमाडौं । नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा नेपाली सेनाले सञ्चालन गर्ने सबैभन्दा माथिल्लो तहको ‘हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम’ आजदेखि शुरु भएको छ ।
सञ्चालन भएको नवौँ समूहको उक्त तालिमका भिडियो टेलिकन्फ्रेस्मार्फत शुभारम्भ गर्दै बलाधिकृतरथी प्रभुराम शर्माले असहज परिस्थितिमा पनि समयसापेक्ष निर्णय लिनसक्ने नेतृत्व उत्पादन गर्ने पाटोमा तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
सेनाको स्वदेशमा हुने सबैभन्दा उच्चस्तरको उक्त तालिममा ३० जना महासेनानी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कोभिड–१९ स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै पूर्णरुपमा सामाजिक दूरी कायम गरी उक्त तालिम सञ्चालन गरिने जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया