कर्णाली प्रदेश सरकार परिवर्तनको किचलोः ओली पक्षले फिर्ता लियो समर्थन

सुर्खेत । केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज(बुधवार) बसेको ओली पक्षीय एमाले संसदीय दलको बैठकले महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल सहित १० जना सांसदहरुले संयुक्त हस्ताक्षर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरिएको छ ।

त्यस्तै, मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्ने निर्णय बैठकले लिएको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि कर्णाली प्रदेश सरकार परिवर्तनको किचलो फेरि शरु भएको छ । यसअघि दशैंताका पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?