काठमाडौं- नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज र भोलि (चैत ४ र ५ गते) ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । तर यसअघि विपरीत भेला स्थगन गरिएको भनेर झुटो विज्ञप्ति जारी गरेको पाइएको छ।
यसको भ्रममा नपर्न नेपाल पक्षले सम्बन्धित सबैमा आग्रह गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को लेटरप्याडमा ‘नेकपा एमाले प्रचार विभाग, योगेश भट्टराई’को नाममा विज्ञप्ति बनाएर भेला रोकिएको भन्ने झुटो खबर फैलाएको थियो । यो ‘साइबार साँढेहरूको कर्तुत’ भएको नेपाल पक्षका एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले बताएका छन्।
छलछामको हद भयो। साइबर साँढेहरूको कर्तुत हो यो,’ डा. पौडेलको आग्रह छ, ‘कोही पनि भ्रममा नपरौं ४ र ५ गतेको भेला यथावत् छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया