प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भेटघाट हुँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटघाट हुने भएको छ ।

सोमवार (आज) बिहान ११ बजे धुम्बाराहीस्थित एमालेको केन्द्रीय कार्यालयमा भेट हुने भएको हो ।

पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि यो ओली नेपालबीचको पहिलो भेटघाट हो ।

संसद विघटनपछि पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्दै अघि बढ्ने घोषणा गरेका नेपाल सर्वोच्चको फैसलासँग पूर्ववत् रुपमा एमालेमा फर्किएका छन् । पूर्ववत् रुपमा फर्किएपनि एमालेको बैठकमा नबोलाएको भन्दै असन्तुष्ट बनेका नेपालले ओलीसँग भेटघाट गर्न लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?