रोनाल्डोको ७ सय ७० गोल पूरा, तोडे पेलेको कीर्तिमानी

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ‘ए’फुटबलमा युभेन्टसले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा युभेन्टसले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

काग्लियारीको मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

काग्लियारीविरुद्धको ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।

रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ ।

Image

ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।

Image

यस जितसँगै युभेन्टसले २६ खेलमा ५५ अंक जोडेको छ । युभेन्टस लिगको तेस्रो स्थानमा रहेको छ ।

काग्लियारी २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?