बैतडीको चौलानी नदीमा ३५ वर्षीय युवक मृत फेला

RSS
0
Shares

बैतडी- चौलानी नदीमा एक युवक मृतक अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेको प्रहरीले जनाएको छ । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत भेटिएको गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए ।

रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन् उनले भने, “नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ । गत शुक्रवार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?