आफ्नै दिदीलाई बलात्कार गर्ने १३ वर्षीय भाइ पक्राउ, गर्भवती भएपछि बाहिरियो घटना

लोकपथ
0
Shares

काठमाडौं । सल्यानमा आफ्नै दिदीलाइ बलात्कार गर्ने भाइ पक्राउ परेका छन् । १३ वर्षीय भाइले १६ वर्षीया दिदीलाई गत साउनमा बलात्कार गरेका थिए ।

गत साउन महिनामा घरमा दुई दिदी बहिनी र भाइ एउटै कोठामा सुतेको अवस्थामा घटना भएको प्रहरीले जनाएको छ।   घटना बारे कसैलाइ केही जानकारी नदिएकी किशोरी गर्भवती भएपछि परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । अहिले उनको ८ महिनाको गर्भ रहेको छ ।

घटना बाहिरिएपछि पीडितले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।

प्रहरीले बलात्कार आरोपित बालकलाई फागुनमा २६ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?