माओवादी केन्द्रले आह्वान गर्‍यो केन्द्रीय कार्यसमितिको विस्तारित बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आह्वान गरेको छ ।

सो पार्टीले चैत १ गतेका लागि बैठक आह्वान गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठानिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?