आइतवार कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतवार छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि शुक्रवार छापावला सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?