काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटीको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले पहिलो पटक आफ्नो समूहको स्थायी कमिटीको बैठक बोलाएका हुन्।
सर्वोच्चको फैसलापछि विकसित राजनीतिक घटनाक्रममा नयाँ रणनीति बनाउन ओलीले बिहान ११ बजे बालुवाटारमा आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका हुन् । पार्टीको आन्तरिक विवादमा संसद विघटन गरेका प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि नैतिक संकटमा परेका उनले बैठक बोलाएका हुन् । पार्टी विभाजनपूर्व अल्पमत रहेका ओली बैठकबाट भाग्दै आएका थिए।
नेकपा दुई समूहमा विभाजित भएसँगै ओली पक्षमा हाल १६ जनामात्र स्थायी समिति सदस्य रहेका छन्। ४४ सदस्यीय कमिटीका २८ जना प्रचण्ड–माधव समूहमा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया