काठमाडौं । संसद पुुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वमन्त्री एवम् नेकपा नेता गोकुुल बास्कोटाले प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले संसदमा असर गरेको तर संविधानले असर नगरेको प्रतिक्रिया जनाएका हुन् ।
त्यस्तै नेता बास्कोटाले यस्तो गोलचक्कर चलिरहने बताउँदै राजनीति आ-आफ्नै तालसुरमा चलिरहने बताए । संसद पुनर्स्थापनालाई दिपावली र रुवाबासी गर्नुपर्ने आवश्यक नभएको प्रतिक्रिया दिएका हुन् ।
उनले भने- ”संसदमा असर गरेको हो,संबिधानले होईन।त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ(आफ्नै तालसुरमा चलिरहन्छ। के को दिपावली के को रुवाबासी ? बाँकी हेर्दै जाने हो।”
राजनीतिले संसदमा असर गरेकाे हाे,संबिधानले हाेईन।त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ।के काे दिपावली के काे रुवाबासी? बाँकी हेर्दै जाने हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 23, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया