काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयलाई स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले आफूले शुरुदेखिनै सर्वोच्चलाई फैसला गर्न स्वतन्त्र रुपमा छोड्न जोड दिँदै आएको बताए ।
“सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।” सभापति देउवाले भनेका छन् ।
सोही अनुसार सर्वोच्चले स्वतन्त्र रुपमा एतिहासिक फैसला गरेको बताउँदै कांगेसले स्वागत गर्ने बताए ।
सभापति देउवाले भने- “सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।”
सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ। 1/2
— Sher Bahadur Deuba (@DeubaSherbdr) February 23, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया