डडेल्धुरामा १० वर्षीया बालिका विद्यालयमै बलात्कृत, शिक्षक पक्राउ

टेकसिँह धामी/ कैलाली- डडेल्धुरामा १० वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भट्टलाई हिजो आइतवार पक्राउ गरि अनुसन्धान भइरहेको बताए।

हालै कञ्चनपुरमा पनि बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?