त्रिवि सेवा आयोगद्वारा झण्डै छ सयबाट आवेदन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले झण्डै छ सय संख्यामा आवेदन मागेको छ । आयोगले आज आइतवार गोरखापत्रमा सूचना निकालेर प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा ५८८ जना (खुलातर्फ)का लागि आवेदन माग गरेको हो ।

आयोगले गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल माइक्रोबाइलोजी लगायतका विभिन्न विषयका लागि प्राध्यापक माग गरेको छ । सूचनाअनुसार प्राध्यापक १४ जना, सहप्राध्यापक २४ जना र उपप्राध्यापक पाँच सय ५० जनाका लागि आवेदन माग गरिएको हो ।

प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय दस्तुर लाग्ने सूचनामा उल्लेख छ। आगामी चैत १४ गतेसम्म आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?