काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार काठमाडौंमा भएको साधारण सभाले फेकनको नयाँ नेतृत्व चयन गरेको छ । फेकनको अध्यक्षमा वासुदेव नेपाल, उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल शर्मा पौड्याल तथा सदस्यहरुमा इन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछाने निर्वाचित भएका छन् ।

साधारण सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले एकअर्काको पक्ष विपक्षमा उत्रिनुभन्दा एक अर्कालाई साथमा लिएर अगाडि बढ्नु उचित रहेको बताए ।
नयाँ नेतृत्वले आफ्ना समस्याहरु प्रष्टसँग राखेमा त्यसलाई कार्यान्वयन गर्नमा कुनै पनि कन्जुस्याइँ नगर्ने उनले प्रतिवद्दता व्यक्त गरेका छन् । “तपाईहरु एक ढिक्का भएर आफ्नो समस्या सरकार सामू पेस गर्नुभयो भने म त्यसलाई सहजै कार्यान्वयन गर्नका लागि पहल गर्नेछु । तर विवादित भएमा मैले पनि सयम परिपक्षलाई हेरफेर गरेर मात्रै काम अगाडि बढाउनु पर्नेछ”, मन्त्री श्रेष्ठले भने ।
त्यस्तै फेकनका पूर्व अध्यक्षहरुले शैक्षिक परामर्श संघले व्यक्तिको भन्दा पनि सम्पूर्ण आम नेपाली विद्यार्थीको बारेमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
यसैक्रममा बोल्दै एक्यानका अध्यक्ष प्रकाश पाण्डेले भने, “हामी एक हौँ र हाम्रो एकै नारा भनेको शैक्षिक समस्याहरुको अन्त्य र नयाँ नेतृत्वको चयनले सम्पूर्ण नेपाली विद्यार्थीहरुको भविष्य सुनिस्चित बनाउने काम गर्नेछ भन्ने विश्वास रहेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया