बालुवाको ढिस्कोले पुरीएर दुई जनाको मृत्यु

पाल्पा। पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमा माथिबाट खसेको ढिस्कोले पुरिएर आज दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनूसार मृत्यु हुनेमा पूर्वखोला कै १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया माया देवी सिंह रहेका छन् । बालुवा खन्नेक्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको प्रहरीको भनाई रहेको छ।

पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि लैजानेक्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।

उक्त घटनावारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?