काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका वडा नं २६ बाट जुवा तास खेल्ने १७ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रवार अपरान्ह साढे पाँच बजे सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा तास खेलाइरहेको सुचनाको आधारमा प्रहरीले नगद तथा दशीका सामानसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ।
उनीहरुको साथबाट १९ बुक तास, १६ थान कौडा, नगद रु ३० लाख ८४ हजार चार सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि प्रहरीले थप कारबाही अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया