काठमाडौँ– गुल्मीको रेसुंगा नगरपालिका १४ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
लु १ ज १९८८ नम्बर जीप दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको हो, भने अन्य दुईको उपचारको क्रममा सदरमुकामस्थित तम्घास अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तम प्रकाश पाण्डेका अनुसार ७ यात्रुको उपचार भइरहेको र उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
जीप सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया