गुल्मीमा जिप दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ– गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ७ जनालाई जिल्ला अस्पताल तम्घास पठाइएको छ ।

जिप सडकबाट करिब ८ सय फिट तल खसेको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?