काठमाडौं– बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मा प्रहरीलाई धन्यवाद दिएका छन् । गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीसहितको टिमलाई धन्यवाद दिएका हुन् ।
गृहमन्त्री थापाले फेसबुकमा लेखेका छन्- ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारबाहीको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्याउन चाहन्छु ।’
भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीले ५ दिनको म्याद थप गरेको छ । मंगलवार पक्राउ परेका अभियुक्त दिनेशले प्रहरीमा आफूले नै उनको बलात्कारपछि हत्या गरेको बयान दिएको भन्दै आज दिउँसो प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । विभिन्न अनुसन्धानपछि अभियुक्त भट्टले आफूले पारिवारिक रिसीबीको कारण भागरथीको हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।
यता भागरथीकी आमा द्रौपदी भट्टले भने दिनेशले आफ्नो छोरीको हत्या गरेको भन्ने कुरामा आशंका व्यक्त गरेकी छन्। घटना भएको दिन दिनेश चार बजे घाम छँदै घर आएको बताउंदै उनले हत्यारा लुकाउने खेल भएकोे बताएकी छन् । द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन्।
गत माघ २१ गते विद्यालयबाट घर फर्कँदै गरेकी उनको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट स्थानीय लवलेक जंगलमा भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो ।
भागरथी घटना सम्बन्धी यी सामाग्रीहरु पनि पढ्नुहोस् :
डेढ घण्टादेखी भागरथीको बाटो ढुकेर बसेका थिए दिनेश, भन्छन् ‘घाँटी थिचेर मारेँ’
भागरथी घटना : डिआइजीले ल्याउने कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त !
भागरथीको अपराधीलाई फाँसीको सजाय माग्दै जुलुसमा घटनास्थल गएका थिए अभियुक्त, बसेनन् धेरैबेर
कुलदेवता छोएर भागरथी घटनाका अभियुक्तले भनेका थिए- ‘मैले मारेको होईन’, …अनि स्विकारे अपराध
भागरथीको बलात्कारपछि हत्या गर्नेले जेल बस्नु पर्दैन ? के छ कानूनमा ?
भागरथी हराएको दिनदेखी अभियुक्त सार्वजनिक भएको दिनसम्म (यस्तो छ घटनाको नालीबेली)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया