दाङ । प्रहरीले ६ किलो बढी लागुपदार्थ अफिमसहित दाङबाट एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले रोल्पाको थवाङ गाउँपालिका ५ का ३८ वर्षीय प्रकाश घर्तीलाई घोराही उपमहानगरपालिका–१९ दुई खोलीबाट सोमवार बेलुका पक्राउ गरेको हो ।
खानतलासी गर्दा घर्तीले बोकेको झोलामा ८ वटा पोका बनाइ राखेको अवस्थामा ६ किलो २३९ ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ । अफिमसहित घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया