स्थानीय तहसँग मिलेर काम गर्न मन्त्री तुम्बाहाङ्फेको आग्रह

RSS
0
Shares

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय भवनको आज उद्घाटन गरेकी छन् ।

मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट उनले मालपोत र नापी कार्यालय उद्घाटन गरेकी हुन् । सो अवसरमा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिइन् ।

उनले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गर्दै कानूनभन्दा बाहिर गएर कसैले केही गर्न नपाउने बताइन् । केन्द्रमा भूमिसम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहो-याउँदै स्थानीय तहसँग मिलेर काम गर्न उहाँले आग्रह गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?