काठमाडौं । भक्तपुरमा वासिङ मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा कार्यरत महिलाको वासिङ मेसिनमा च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दोलखा भिमेश्वर नगरपालिका ९ लाकुरीडाँडा घर भई हाल भक्तपुर बस्ने ३८ वर्षीया कमला केसी काम गर्ने क्रममा आइतवार अचानक वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा च्यापिएकी थिइन्। बेहोस अवस्थामा फेला परेकी उनको उपचारका क्रममा ठिमीस्थित मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया